aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतबाट पेट्रोलियम पाइपलाइन, भन्सार जाँच चौकी र शुख्खा बन्दरगाहको शिल्यान्यास हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
भारतबाट पेट्रोलियम पाइपलाइन, भन्सार जाँच चौकी र शुख्खा बन्दरगाहको शिल्यान्यास हुने

काठमाडौं । भारतबाट नेपालमा निर्माण हुन लागेका पेट्रोलियम पाइपलाइन, भन्सार जाँच चौकी र शुख्खा बन्दरगाहको शिल्यान्यास हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा भएका बेलामा यी तीन वटा परियोजनाको शिलान्यास हुने भएका हुन । प्रधानमन्त्री  ‘प्रचण्ड’ आगामी जेठको १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको छ।

भारतबाट शिल्यान्यास हुने पेट्रोलियम पाइपलाइनमा भारतको सिलिगुडीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन र नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको भ्रमणको क्रममा भारतसँग सम्झौता हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस