aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कार दुर्घटनामा परी उपप्रधानमन्त्री खड्काकी बुहारीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
कार दुर्घटनामा परी उपप्रधानमन्त्री खड्काकी बुहारीको मृत्यु

काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काकी भाइबुहारीको कार दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबार बेलुका बाँकेबाट सुर्खेततर्फ जाँदै गरेको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बसले ठक्कर दिँदा उक्त कारमा सवार ५३ वर्षीया सञ्जु खाती खड्काको मृत्यु भएको हो । 

दुर्घटनापछि उपचारका क्रममा उनको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काकी श्रीमती उनी उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारी हुन् । 

उक्त दुर्घटनामा परेर कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको प्रहरीको भनाइ रहेको छ । प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा प्रालिको हो । उक्त बसमा २६ जना यात्रु थिए । 

प्रहरीले बस नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस