aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रधानमन्त्री प्रचण्ड आजदेखि चारदिने भारत भ्रमणमा जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
प्रधानमन्त्री प्रचण्ड आजदेखि चारदिने भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आजदेखि चार दिने भारतमा जाने भएका छन् । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । उनी जेठ २० गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस