aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाली कांग्रेसको झण्डा र चुनाव चिन्ह सगरमाथाको शिखरमा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १७ जेठ २०८०
नेपाली कांग्रेसको झण्डा र चुनाव चिन्ह सगरमाथाको शिखरमा

काठमाडौं । सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराएका छन्।

उनीहरूले जेठ १० गते सगरमाथा आरोहणको क्रममा झण्डा र निर्वाचन चिह्न फहराएका हुन्। सगरमाथा आरोहणपछि नाम्चे आइपुगेका आरोही शेर्पाद्वयले सो जानकारी दिए।

आरोही ग्याल्जेन ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिकाका वडा नम्बर ९ दरखर्क र पेमारिन्जी सोही पालिकाको छेर्मादिन ओङदीडाँडा निवासी हुन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सचिव अजय लुइटेलले नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत रहेका आरोहीद्वयले पार्टीको भण्डा र चुनाव चिह्न विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउनुले कांग्रेसका तमाम नेता, कार्यकर्ता र मतदातामा उत्साह थपिएको बताए।

उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ चैत ११ गते नेपाली कांग्रेसको झण्डा र रूख हस्तान्तरण गरेका थिए। 

प्रतिक्रिया दिनुहोस