aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री  दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  

भेटमा परराष्ट्र सचिव भरतराज पौड्यालसमेत सहभागी थिए । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस