काठमाडौं । वीरगञ्ज महानगरपालिका विद्यालय एक साता बन्द हुनेभएका छन् । अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै महानगरले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
महानगरले बिहिबार एक सूचना जारी गर्दै गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै जेठ १९ गते शुक्रबारदेखि २६ गतेसम्म वर्षे बिदा कट्टा हुने गरी विद्यालय बन्द गर्न लागिएको जनाएको छ ।
जस अनुसार महानगरपालिका अन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहनेछन् ।
प्रतिक्रिया दिनुहोस