aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान लिइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ जेठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान लिइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौं जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । 

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । बुधबारसम्म १२ जना प्रतिवादीको बयान लिइसकिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस