aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देश अहिले आर्थिक संकटमा छ, सरकारले यसो गरेमात्र पार लाग्न सक्छ

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १९ जेठ २०८०
देश अहिले आर्थिक संकटमा छ, सरकारले यसो गरेमात्र पार लाग्न सक्छ

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगका प्रमुख डा. पुष्पराज कँडेलले मुलुक अहिले आर्थिक संकटमा परेको सत्य भएको र सरकारले राजस्व असुलीमा तिव्रता दिए मात्र आर्थिक संकटबाट पार लाग्न सकिने बताएका छन् ।

केही पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सरकारले लिएको लक्ष्यभन्दा निकै कम अर्थात् अहिले ५५ प्रतिशत पनि राजस्व असुलि भइनरहेको अवस्थामा मुलुक आर्थिक संकटमा परेको उनको भनाइ छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा टुक्रे कार्यक्रम बढी रहेको र राजस्व असुली लक्ष्यअनुसार गर्न नसके समस्या कायमै रहने उनको भनाइ छ ।

सरकारले लिएको ६ प्रतिशत आर्थिक बृद्धि लक्ष्यप्रति आफू आशावादी रहेको चर्चा गर्दै डा. कँडेलले भने, “सरकारले लिएको आर्थिक बृद्धिमा म निकै आशावादी छु, तर त्यसका लागि सरकारले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।”

सांसदहरुका लागि निर्वाचन क्षेत्र विकास कोषलाई सांसद विकास कोषको रुपमा बजेटमा ल्याउनु उचित नरहेको चर्चा गर्नुहुँदै डा. कँडेलले भने, “यो कोष यसअघि प्रयोग भएर असफल सावित भइसकेको छ, फेरि त्यसलाई व्यूँताउनु भनेको अर्को पल्ट पुनः असफल हुनु हो, यो कोषलाई पारदर्शीरुपमा प्रयोग गर्न सक्ने आधार छैन ।”

बजेटलाई राम्रो बनाउने प्रयास सरकारले गरे पनि आवश्यक सचेत्तामा ध्यान दिन नसकेको भन्द्यै डा. कँडेलले यसको कार्यान्वयनमा चुनौती रहेको बताए । मुलुक संघीय व्यवस्थामा गएपछि स्थानीय सरकारलाई घरबहाल कर उठाउने जिम्मेवारी दिए पनि त्यो प्रभावकारी हुन नसकेको उनले चर्चा गरे । 

प्रतिक्रिया दिनुहोस