aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन् ? (राजपत्र प्रमाणीत सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन् ? (राजपत्र प्रमाणीत सहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला हुने अधिकारीहरूले बताएका छन्।

राजपत्रमा प्रकाशित भएपछि औपचारिक कार्यान्वयनमा आएको मानिने नयाँ कानुनले गैरआवासीय नेपालीहरूलाई पनि आर्थिक र सामाजिक तथा सांस्कृतिक अधिकारसहित नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस