aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यसरी बच्न सकिन्छ गर्मीमा तातो हावाबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
यसरी बच्न सकिन्छ गर्मीमा तातो हावाबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तापक्रम बढेपछि नयाँ निर्देशन दिएको छ । मन्त्रालयले तापक्रम बढेसंगै लु चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकोले सचेत रहन भनेको हो ।  

गर्मीको तातो हावा वा लु लाग्दा ह्रदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने हुनसक्छ । यसो हुन नदिने स्वास्थ्य मन्त्रालयले  विभिन्न उपायहरु अपनाउन आग्रह गरेको छ । 

तातो हावा वा लुबाट बच्न दिउँसो घरबाहिर ननिस्कने, बाहिर निक्निै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने, फलफूलको रस र पानी पिउने र धेरै पसिना आएका कहिलेकाहि जीनवजल पिउनु पर्छ । त्यस्तै, चिसो पानीले नुहाउने, मदिरा सेवन नगर्ने, खेतबारीको काम सकभर बिहान बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने र चिया, कफि सोडा जस्ता पेय पदार्थ बढी नपिउन मन्त्रालयले आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस