aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सङ्कटमा परेको जेटीबीको ऋण तिर्न लेवनानी केन्द्रीय बैंक सहमत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
सङ्कटमा परेको जेटीबीको ऋण तिर्न लेवनानी केन्द्रीय बैंक सहमत

बेरूत । लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको एक स्वदेशी बैंकको ऋण मिनाह गर्न बिहीबार सहमत भएको छ ।

अमेरिकाले लेबनानी जम्माल ट्रष्ट बैंक (जेटीबी) एसएएललाई स्थानीय सिया आन्दोलन हेजवुल्लालाई सघाएको आरोप लगाउँदै गत महिना उक्त बैंकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

“जेटीबी एसएएलले अमेरिकी आर्थिक नाकावन्दीका कारण परेको आर्थिक सङ्कटबाट पार लगाउन केन्द्रीय बैंक तयार भएको छ,” बैंकका गभर्नर रिआद सालामेलाई उद्धृत गरी लेवनानी राष्ट्रिय समाचार समितिले जनाएको छ ।

गत अगस्ट २९ मा लेबनानी हेजबुल्ला समूहको प्रमुख आर्थिक कारोबार गर्ने बैंकको आरोपमा लेवनानी जेटीबीलाई वासिङ्टनद्वारा आर्थिक प्रतिवन्ध लगाइएको थियो ।

जेटीबीले सिया लडाकू समूहका कैयौँ सदस्यका परिवारलाई आर्थिक कारोबार गर्न छुट दिएको, आत्मघाती वम आक्रमणकारीका परिवारलाई सो वापतको रकमसमेत उपलब्ध गराएकोलगायतका आरोपमा आर्थिक नाकाबन्दी लगाएको अमेरिकी ट्रिजरी विभागको दावी रहँदै आएको छ । 

समाचार समितिले सालामेलाई उद्धृत गरी भनेको छ, “केन्द्रीय बैंकले जेटीबीको बैंकको सम्पत्तिको मूल्य र यसको राष्ट्रिय योगदानको मूल्यबापतको रकमलाई मूल्याङ्कन गरी जेटीबीको सम्पूर्ण रकमलाई चुक्ता गरिनेछ ।” एएफपी

प्रतिक्रिया दिनुहोस