aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सेना, प्रहरी,  शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए।

बिहीबार भृकुटीमण्डपमा 'यन एन्ड टेक्सटाइल एक्स्पो'को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए। उनले उद्योगमा लगानी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । 'व्यापार गर्ने अनि छट देऊ भन्नेतिर नलाग्नुस्,' उनले भने, 'लगानी गर्नुस् ।

उनले गुणस्तरमा सम्झौता नगन उद्योगीहरूलाई आग्रह गरे । 'तपाईंको उत्पादन राज्यले नै खपत गर्ने अवस्था मिलाउँछौं,' उनले भने।  यो समाचार आजको कान्तिपुर दैनिकम प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस