काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार भारत मध्यप्रदेशको इन्दौर महाकालेश्वर मन्दिर पुजा अचर्ना गरेका छन् । उनले आफ्नी श्रीमति सिता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका थिए ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले उनको बचाउ पनि गरेका छन् ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उक्त सामाजिक सञ्जालको तस्विर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन, 'हामी कता जाँदै छौँ, देश कता जाँदै छ ? भन्दै प्रश्न गरेका छन् ।'
प्रतिक्रिया दिनुहोस