aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विद्यालयका लेखापाल शनिबार बिहानै बल्दै गरेको अवस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० जेठ २०८०
विद्यालयका लेखापाल शनिबार बिहानै बल्दै गरेको अवस्थामा फेला

काठमाडौं । मोरङको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । जिल्लाको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल जल्दै गरेको अवस्थामा फेला परेका हुन् । 

प्रहरीले दिएको जानकारी अनुसार ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज बिहान ६ बजेर ५० मिनेटको समयमा भेटिएका थिए । 

उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

प्रतिक्रिया दिनुहोस