aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एमाले अध्यक्ष ओलीले भने, हामी अघि सारेको विकासमा नारा विरोधीलाई मन परेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० जेठ २०८०
एमाले अध्यक्ष ओलीले भने, हामी अघि सारेको विकासमा नारा विरोधीलाई मन परेन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको बताएका छन् । एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अंगिकार गर्न नसकेको बताएका हुन् । 

उनले केहि मान्छे धेरै धनी हुने र केहि मान्छे गरिवको गरिव रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए । ओलीले समान रुपमा जनताहरुको आयस्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे । मावनविकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार बिकास हुनुपर्ने उनको भनाइ छ । 

उनले कृषिलाई प्रविधियुक्त बिकास गर्नुपर्ने भएपनि यसले मानवजिवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस