aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बस र मोटरसाइकलको ठक्करमा परी दुई युवकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
बस र मोटरसाइकलको ठक्करमा परी दुई युवकको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ । 

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । 

प्रतिक्रिया दिनुहोस