aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कांग्रेसको नेतृत्व युवालाई दिन तयार रहेको देउवाको उद्घोष

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २१ जेठ २०८०
कांग्रेसको नेतृत्व युवालाई दिन तयार रहेको देउवाको उद्घोष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष गरेका छन् ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।’

आफूले नेतृत्व लिएर पार्टीलाई र पार्टी निकट भातृ स‌ंगठनलाई बलियो बनाएको सभापति देउवाले दाबी गरे । उनले थपे, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’

प्रतिक्रिया दिनुहोस