aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गैंडामाथि अपराध गर्न नयाँ प्रयोग

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २१ जेठ २०८०
गैंडामाथि अपराध गर्न नयाँ प्रयोग

काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी तस्करी पछिल्लो समय चुनौतीका रूपमा देखा परेको छ। जसै समयको परिवर्तन भएको छ, तस्कर र सिकारीले पनि नयाँ प्रविधि प्रयोग गर्न थालेका छन्। अपराधमा नयाँ आयामहरू देखा परेका छन्।

३०/४० को दसकमा खाल्डो खनेर त्यसमा गैंडालाई पार्नेहरू अचेल करेन्ट लगाएर मार्न उद्यत हुँदैछन्। कति गैंडा त प्राकृतिक रूपमै परेका पानीका खाल्डामा परेर पनि मर्ने गरेका थिए। तर, सिकारीहरू भने पासो थापीथापी गैंडाको ज्यान लिन्छन् र तिनको खाग तथा हड्डी तस्करी गर्छन्। 

चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन भन्छ– २०७८/७९ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा ३७ वटा गैंडा मरे। ३४ वटाको प्राकृतिक रूपमै मृत्यु भयो भने दुईवटा चोरी सिकारीले मारे। एउटाचाहिँ खाडलमा परी मर्‍यो।

नेपालमा गैंडा चितवनमा मात्रै होइन, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा आरक्षमा पनि पाइन्छ। मृत्यु पनि सबैतिर छ। धेरै सिकारीचाहिँ चितवनमा भइरहेको छ। सन् २०२२ को गणनाले नेपालमा ७ सय ५२ वटा गैंडा देखाउँछ। योमध्ये पनि ६ सय ९४ चितवनको हो। 

जहाँ धेरै संख्या त्यहीं धेरै चोरी सिकारी पनि छ। २०७९र८० मा चितवनमा तीनवटा गैंडा चोरीसिकारीले पासोमा पारेर मारे। गैंडा कुन तरिकाले मारिएका छन् र त्यसलाई कसरी रोक्ने भन्ने नै निकुञ्ज र वन्यजन्तु अधिकारीहरूलाई टाउको दुखाइ भएको छ। गैंडा मार्ने काम संगठित गिरोहकै सुनियोजित योजनामा हुने हुँदा गिरोहले नयाँनयाँ जुक्ति लगाइरहेको हुन्छ। 

अपराधको तौरतरिका बदलिरहन्छ। मुख्य चुनौती भनेकै गिरोह पत्ता लगाउनु पनि हो। संगठित आपराधिक गिरोह पनि नेपाल, भारत र चीनसम्मकै सञ्जाल बनाएर हुने गरेको अनुसन्धानका भुक्तभोगी बताउँछन्। यसको मतलब नेपालको गैंडामा अन्तर्राष्ट्रिय अपराधीहरूकै नजर छ।

प्रतिक्रिया दिनुहोस