
एजेन्सी । भारतको को बन्छ करोडपतिमा यस सिजनको करोडपति पाएको छ । महिनाको १५ सय रुपैयाँ कमाउने वाली बबीता जैनले यस सिजनको को बन्छ करोडपतिको ताज जित्न सफल भएकी हुन ।
उनको आर्थिक अबस्था यति खराब थियो कि एउटा राम्रो फोन समेत थिएन उनीसँग कार्यक्रममा एक करोड जितेपछि अमिताभ बच्चनले ओप्पोको फोन गिफ्ट दिएका थिए ।
बबीता एक करोड़ रुपैयाँ भारु जेतिपछि अगाडि नखेल्ने निर्णय गरेकी छिन । बबीता महाराष्ट्रको अमरावतीमा मिड मील बनाउने वाली कुक हुन । बबीताले अमिताभ बच्चनले सोधेको प्रश्नमा ४५० जना बच्चाको लागि खिचडी बनाउने गरेको बताइन । बच्चाहरुको लागि खाना बनाए बापत बबीताले महिनाको १५ सय रुपैयाँ तलब पाउने गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस