aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज प्रतिनिधिसभाको बैठक, बजेटसहित के–के छन् छलफलका एजेण्डा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
आज प्रतिनिधिसभाको बैठक, बजेटसहित के–के छन् छलफलका एजेण्डा ?

काठमाडौं । आजदेखि संसद्‌मा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि साढे १७ खर्बको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस