aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गर्मी बढेका कारण एकसाताका लागि विद्यालय बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
गर्मी बढेका कारण एकसाताका लागि विद्यालय बन्द

सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।  गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा  गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए । 

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए । 

प्रतिक्रिया दिनुहोस