aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जुवातास खेलिरहेका चार जना चाल्नाखेलबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
जुवातास खेलिरहेका चार जना चाल्नाखेलबाट पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्रीसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार ३ सय ४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी ३ थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस