aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिल बिजक भन्दा बढी भाडा वर्तन तथा खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिएको हो ।  

बिल विजकभन्दा बढी भाडा बर्तन तथा खुद्रा सामानहरू लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको प्रहरीकोमा सूचना पुगेको थियो । सोहि आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडकखण्डबाट ना.५ ख ७७२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । 

जहाँ मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको थियो ।  ४२ लाख ९४ हजार २२५ रुपैयाँ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिईएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ । 
    


 

प्रतिक्रिया दिनुहोस