काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा जिप दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु भएका तीनजनाकै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । डबल क्याबको उक्त जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको थियो । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस