aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बेइजिङमा पनि मनाईयो संविधान दिवस

  • रासस
    रासस
  • शुक्रबार, ०३ असोज २०७६
बेइजिङमा पनि मनाईयो संविधान दिवस

काठमाडौं । संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 

अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै नेपाल आर्थिक र सामाजिक विकासको मार्गमा अग्रसर भएको बताए । समारोहमा नेपाली संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस