
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको छ ।
सरकारको यो निणर्यले उपभोक्ताले आयातित तरकारी तथा फलफुल खरिद गर्दा १३ प्रतिशत महंगो पर्नेछ । सरकारले बजेटमार्फत हरियो प्याज र आलु बाहेक केराउ, बोडी, काउली, सिमी पालुंगो, गोलभेडा लगायतका तरकारीहरुमा भ्याट लगाएको छ । यस्तै स्याउ, एभोकाडो, चेरी, स्ट्रभेरी, किबी लगायतका फलफूलमा भ्याट लगाउने भएको छ ।
कृषिमा आन्तरिक उत्पदानलाई जोड दिने, साना किसान तथा साना व्यापारीलाई असर नपर्ने गरी भ्याट लगाउने बजेट मार्फत घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ । ५० लाखभन्दा कम कारोवार भएका साना किसान तथा व्यासायीलाई भ्याट नलाग्ने मन्त्रालयको भनाई छ ।
यसैगरी सरकारले धागो, उन, फ्रोजन माछा मासु, कपी लगायत विभिन्न वस्तुहरुमा पनि भ्याट लगाउने बजेटमार्फत घोषणा गरेको छ । तथ्यांक अनुसार नेपालमा बर्षेनी ३ खर्ब बढी रुपैयाँको कृषिउपज वस्तु र २८ अर्ब रुपैयाँ बरावरको तरकारी तथा फलफूल आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस