aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्वाचित

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा दुगडलाई निर्विरोध निर्वाचित गरेको हो । 

साथै दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको छ । जसमा  निवर्तमान अध्यक्ष सन्दिप कुमार अग्रवाल रहेका छन् भने उपाध्यक्ष रतन लाल केडिया र  उपाध्यक्ष अमित मोर रहेका छन् । 

त्यस्तै, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस