
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गरेर फर्किदा आफू दंग परेपनि यहाँ आइपुग्दा अर्कै भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन् ।
उनले भने, ‘भारत भ्रमणबाट फर्किदा दंग पर्दै आएको थिए । यहाँ त अर्कै भयो ।’ साथै उनले राम्रो कुरालाई समेत नराम्रो तरिकाबाट हेरिएको भन्दै गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस