aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्व राष्ट्रपति भण्डारीलाई कारबाही गर्न सांसद अमरेशले गरे माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
पूर्व राष्ट्रपति भण्डारीलाई कारबाही गर्न सांसद अमरेशले गरे माग

काठमाडौं। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाहीको माग गरेका छन् । उनले दुवै सदनबाट दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारबाहीको दायरामा ल्याउन संसद समक्ष माग गरेका हुन् ।

संविधान देखाउँदै सांसद सिंहले भने, ‘यो संविधान र कानुन भन्दा माथि कोही हुन सक्दैन। दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारबाही गर्नुपर्छ ।’ सिंहले संविधान देखाउँदै तत्कालीन राष्ट्रपति संविधान बमोजिम किन विधेयक रोकेर राखेको भन्दै प्रश्न गरे र कारबाही हुनुपर्ने जिकिर गरे।

सोही बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले अदालतमा गइसकेको विषयमा बोल्न पाइँदैन भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमाणीकरण विधेयकबारे नबोल्न सचेत गराएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा स्पष्टीकरण दिने बेलामा प्रतिपक्ष दल नेकपा एमालेले अवरोध सिर्जना गरेपछि संसद्को वातावरण निकै तनावपूर्ण भएको थियो । 

प्रतिक्रिया दिनुहोस