
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले नेपालको स्वाभिमानमा घात पुगेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले यस्ता बताएका हुन् ।
भने, ‘जम्मा प्रधानमन्त्रीले भारतबाट ल्याएको १५ वटा राँगा हुन् । त्यसबाहेक अन्य केही छैन । अरू सबै मुलुकलाई क्षति हुने मात्रै भ्रमणमा भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जमिन भारतसँग बङ्गलादेश जाने बाटो दिने सर्तमा साट्ने आशययुक्त अभिव्यक्ति भारतको दिल्लीमा दिएकोमा उनले खेद प्रकट गरे । प्रधानमन्त्री गम्भीर हुनु पर्ने विषयमा गम्भीर हुन नसकेको समेत उनले बताए ।
भ्रमण कहिले धार्मिक त कहिले पारिवारिक जस्ता देखिएको बताउँदै ओली भने, ‘यो भ्रमण औपचारिक जस्तो कहिले देखिएन । कहिले धार्मिक जस्ता त मैले पारिवारिक जस्तो देखियो ।’
प्रचण्डले भ्रमणका क्रममा प्रोटोकल व्यस्तता गरेको कुरा पटक पटक दोहोराउँदै उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू द्विपक्षीय वार्तामा तपाइकी छोरी किन ? के उनी फस्ट लेडी हुन् ? उनी फस्ट डेली हुन् भने नातिनी सेकेन्ड लेडी हो ?’
उनले प्रचण्डका पुराना कुरा सम्झँदै पटक पटक सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाए । उनले थप प्रश्न गरे, ‘ल मानौँ छोरीलाई फस्ट लेडी मान्ने हो भने तपाइले नातिनी लिएर जानु भयो भने के भन्ने, सेकेन्ड लेडी ?’
अन्तर्राष्ट्रिय प्रचलन अनुसार राष्ट्र प्रमुखहरूको साथमा उनका श्रीमान् वा श्रीमती हुने चलन रहे पनि परिवारका अन्य सदस्य जस्तै छोराछोरी, नाति, नातिनीलाई औपचारिक वार्तामा सँगै राख्ने चलन नभएको उनले बताए । प्रचण्डले भारत भ्रमणका क्रममा आफ्नो मन्त्रीहरूलाई समेत साथमा राख्न नसकेको र भ्रमणलाई पुरै अस्तव्यस्त पारेको समेत उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस