aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

'हाम्रो सहर, हाम्रो जिम्मेवारी' नारा सहित मारवाडी युवा मञ्चले साइक्लोथोन आयोजना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
'हाम्रो सहर, हाम्रो जिम्मेवारी' नारा सहित मारवाडी युवा मञ्चले साइक्लोथोन आयोजना गर्ने

काठमाडौं। मारवाडी युवा मञ्च नेपालले दोस्रो साइक्लोथोन-२०२३ को आयोजना गरेको छ ।  "वातावरणको रक्षा हाम्रो दायित्व,हाम्रो प्रतिबद्धता" भन्ने नारा सहित विश्व साइकल दिवस र विश्व वातावरण दिवसको उपलक्ष्यमा जुन १० तारिक अर्थात् जेठ २७ गते शनिवारका यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

युवाहरू नै नेतृत्व गर्दै अगाडी बढ्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकहरूको भनाई रहेको छ । सो साइक्लोथोनमा सहभागी बन्नका लागी आफ्नो नाम रजिस्ट्रेसन गर्ने पहिलो २५० जनालाई निःशुल्क रुपमा कार्यक्रमबारे ब्रान्डीङ गर्ने उद्देश्यले तयार गरिएको टी-सर्ट, खाजा-नास्ता उपलब्ध गराउने आयोजकले जानकारी दिएका छन् ।    

कार्यक्रममा सहभागी बन्नका लागि इच्छुकसँग माउन्टेन बाइक र उपयुक्त पोसाक अनिवार्य हुनुपर्ने छ । सो साइक्लोथोन काठमाडौँको वसन्तपुर दरबार स्क्वायरबाट बिहान ०७:०० बजे सुरु हुनेछ । सबै सहभागीहरू बिहान साढे ६ बजे नै त्यहाँ पुगिसक्नु पर्ने छ ।

साइक्लोथोनको गोल्ड स्पन्सरका रुपमा टिप्-टप (गौतम स्विट) रहेको छ । साइक्लोथोनमा सहभागी हुन कार्यक्रम संयोजक सुरज अग्रवाल ९८४६६५९६९२ सँग सम्पर्क गर्न र अनलाइन रजिस्ट्रेसनको लागि https://forms.gle/vk2baaEyq877WVNz8 मा लगइन गर्न आयोजकले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस