aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नियतवश वा त्रुटिगत जसरी भए पनि बजेटले गरेको झुक्याउने काम सच्याउन ढकालको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
नियतवश वा त्रुटिगत जसरी भए पनि बजेटले गरेको झुक्याउने काम सच्याउन ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा निजी क्षेत्रको थोरै पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् ।  

कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रबारे राम्रो कुरा गरेको छ । तर, बजेटका अंकमा भने निजी क्षेत्रलाइ पेल्ने गरेको छ । यसपालिको बजेटमा पनि यस्तै भएको छ ।’

यस पटकको बजेट भाषण सुन्दा उद्योगी व्यापारीका सुझाव समावेश भएको पाइएको तर पछि अंक हेर्दा भने आफूहरू निराश बन्नु परेको उनले बताए । आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने कुरालाई सरकारले बजेटमा सुनेजस्तो मात्र गरेको उनले बताए । 

यसअघि आर्थिक ऐन तथा राष्ट्र बैंकले दिएको सुविधाहरू समेत बजेटमा काटिएर आएकोमा उनले दुखेसो पोखे । ‘मर्जर प्राप्तिलाई प्रशय दिन नियामक निकायले गरेका छुटहरूलाई समेत बजेटले काटिदिएको छ । यसबाट नीतिगत स्थिरता देखिँदैन । यसमा हाम्रो आपत्ति छ’, ढकालले भने । 

यसरी नीतिगत स्थिरता नहुँदा प्रत्यक्ष वैदेशिक लगानी समेत निरुत्साहित बन्ने ढकालको तर्क छ । यो प्राविधिक त्रुटि हो या नियतवश गरिएको हो भन्ने उनले प्रश्न गरेका छन् । यसका सरकारले सच्याउनु पर्ने उनको भनाई छ । कुनै पनि नीतिहरू परिवर्तन गर्दा त्यसले के कस्ता असर पार्छ भन्ने कुरा विचार गर्न आवश्यक रहेको उनले बताए ।  

 

 

 

प्रतिक्रिया दिनुहोस