aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

क्यानडाका प्रधानमन्त्रीलाई क्षमा माग्न बाध्य पार्ने आफ्नै तस्बिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
क्यानडाका प्रधानमन्त्रीलाई क्षमा माग्न बाध्य पार्ने आफ्नै तस्बिर

क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आफ्नो अठार वर्ष अघिको एक तस्बिर सार्वजनिक भएपछि समस्यामा परेका छन् ।  आगामी महिनाको ९ तारिकमा हुने निर्वाचनमा पुन प्रतिस्पर्धा गर्ने तयारीमा रहेका ट्रुडोलाई १८ वर्ष अगाडि साथीहरूको लहैलहैमा लागेर खिचिएको आफ्नै तस्बिरले समस्यामा पारेको छ । 

उनले अठार वर्षअघि अनुहारमा कालो रङ्ग पोतेर खिचिएको  तस्बिर सार्वजनिक भएको हो । जातीय भेदभावको सङ्केत गर्ने  उक्त तस्बिर सार्वजनिक भए पछि विवादित बनेका प्रधानमन्त्री ट्रुडोले क्षमा याचना समेत गरेका छन्।

बिबिसीका अनुसार सन् २००१ मा वेस्ट पोइन्ट अक्याडमीमा साथीहरूसँग खिचिएको उनको तस्बिर टाइम म्यागजीनले हात पारेको थियो। उक्त तस्बिरबारे टिप्पणी गर्दै उनले आफ्नो व्यवहारका कारण ‘गहिरो पश्चात्ताप’ भएको र आफूले त्यसो नगर्नु पर्थ्यो भन्ने लागेको बताएका छन्।अपरिपक्व उमेरमा कति पटक रङ्ग दलिएको थियो त्यो अहिले आफूलाई सम्झना नभएको उनले बताएका छन्। उनी त्यति बेला भ्यान्कूभरस्थित उक्त निजी विद्यालयमा अध्यापन गर्थे ।

अरू तस्बिर पनि प्रकाशित हुन थालेपछि उनले सञ्चार माध्यमहरुलाई पछिल्ला तस्बिरबारे आफू चिन्ता रहेको बताए । उनले कति तस्बिर खिचियो भन्ने ठ्याक्कै सङ्ख्यामा भन्न अवस्था नरहेको र आफूलाई सम्झना नरहेको बताएका हुन् । 

आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने जनताको अनुमान भएकाबेला ती तस्बिरहरू सार्वजनिक भएकाले उनको निर्वाचन अभियान प्रभावित बन्ने देखिएको छ। प्रगतिशील नीतिलाई आफ्नो मूल चुनावी नारा बनाएका ट्रुडोलाई यो विषयले लाजमर्दो बनाएको छ।  अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री पिएर ट्रुडो उनका पिता हुन् ।

प्रतिक्रिया दिनुहोस