aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

यसरी मनाइँदै छ देशका विभिन्न स्थानमा संविधान दिवस (फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
यसरी मनाइँदै छ देशका विभिन्न स्थानमा संविधान दिवस (फोटो फिचर)

काठमाडौं ।  आज असोज ३ गते मुलुकमा संविधान जारी भएको चौथो वर्ष पुरा भएको अवसरमा देश भरका विभिन्न स्थानमा, विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ । 

हेर्नुहोस् संविधान दिवस हर्षोल्लास साथ मनाइँदै गरेका विभिन्न स्थानका तस्बिरहरू ।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली​ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गर्दै नेपाली सेनाको हेलिकोप्टर ।

संविधान दिवस २०७६ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा नाँचगान गरी हर्षाेल्लासका साथ संविधान दिवस मनाउँदै राष्ट्रसेवक कर्मचारी ।

संविधान दिवसको अवसरमा जाजरकोट सदरमुकाम आसपासका क्षेत्रमा सरोकारवाला निकाय सफाइ गर्दै ।

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित र्‍यालीमा नेपालको झण्डा सहित सहभागी नेपाल प्रहरी ।

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित र्‍यालीमा नेपालको झण्डा सहित सहभागी सर्वसाधारण ।​

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाद्वारा आयोजित चन्द्रगढीमा प्रभातफेरी र्‍याली ।

संविधान दिवस २०७६ को अवसरमा नुवाकोटको त्रिशूली बजारमा जिल्ला मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा बट्टार लाखे समूह आफ्नो प्रस्तुती देखाउँदै । ​

संविधान दिवस समारोह २०७६ को अवसरमा जिल्लास्तरीय मूल समारोह समितिले शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीलगायत ।​

संविधान दिवसका अवसरमा शुक्रबार धनगढीमा आयोजित मूल समारोहमा चौधरी थारु समुदायको लोकप्रिय सखिया नृत्य प्रस्तुत गरिँदै ।​

संविधान दिवसका अवसरमा शुक्रबार बागलुङ बजारमा निकालिएको र्‍याली ।

संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री चम्पादेवी खड्का बागलुङमा शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह कार्यक्रमको उद्घाटन गर्दै ।

 

 

 

प्रतिक्रिया दिनुहोस