aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआरएनए अध्यक्षमा पन्तले दिए उम्मेद्वारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
एनआरएनए अध्यक्षमा पन्तले दिए उम्मेद्वारी

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौंबाट सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि पन्तले उम्मेदवारी घोषणा गरेका हुन् । 

पन्तले संघको संरचना, प्रशासन, संघको आन्तरिक व्यवस्थापन र स्वदेशमा एनआएरएनको लगानीसहित मतदानको अधिकारका विषयमा केन्द्रित रहेर आफ्नो योजना प्रस्तुत गरेका छन् । उनले पनि ‘भिजन २०२०’को योजना नै आफ्नो मूल  एजेण्डा रहेको बताए । 

यही असोज २८ गतेदेखि काठमाडौंमा हुन लागेको बिश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी आफ्नो उम्मेदववारी घोषणा गरेका हुन । यसपटक पन्तसँगै अर्का उपाध्यक्ष कुल आचार्यले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्ने तयारीमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस