काठमाडौं । सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सनएड इन्टरनेशनल नेपालले बुधबार एक कार्यक्रमकाबीच आफ्नो ४० औँ स्थापना दिवश र १९ औं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच एक्सनएड इन्टरनेशनल नेपालको ४० वर्षको यात्राको समीक्षा र २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो ।
एक्सनएड इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै एक्सनएड इन्टरनेशनल नेपालले काम शुरु गरेको ४० वर्षमा धेरै कुरा सिकेको बताए । समय, सन्दर्भ र परिवेश अनुसार बिभिन्न अवधारणा तथा दृष्टिकोणलाई केन्द्रमा राखेर काम गदै आएको स्मरण गराउँदै परिवर्तनशील समय र परिस्थिति अनुसार आफ्ना अवधारणा र दृष्टिकोणलाई समयानूकुल र लचिलो बनाउँदै सामाजिक न्याय र गरिबी निवारणमा प्रतिवद्ध रहेको उनको भनाई छ ।
एक्सनएड फेडेरेसनका सेक्रेटरी जर्नल आर्थर लारकले १९९७ मा युके र केन्याबाट शुरु भएको यात्राको स्मरण गर्दै अहिले ७२ देशहरुमा पुगेकोमा यो गर्वको विषय भएको बताए । एक्सनएडले महिला र युवाहरुलाई प्राथमिकतामा राखेर समय र सन्दर्भ अनुसार लचिलो भएर काम गरेर सफल उदाहरणहरु प्रस्तुत गर्न सफल भएकोमा बधाई दिँदै आगामी दिनका लागि एक्सनएड इन्टरनेशनल नेपाललाई आगमी यात्राका लागि शुभकामना दिए ।
स्वतन्त्र मूल्यांकनकर्ता राजेश हमालले मानिसहरुको जीवनमा महिला अधिकार, शिक्षा, जिविकोपार्जन, विपद् व्यवस्थापन तथा उत्थानशीलतामा एक्सनएड इन्टरनेशनलले गरेका उदाहरणिय कामहरु प्रस्तुत गरे । यी क्षेत्रमा काम गर्दा एक्सनएड नेपालले स्थानीय तहसँग समन्वय, आर्थिक तथा सामाजिक रुपमा पछि रहेकाहरुको संगठनसँग समन्वय, प्राविधिक तथा जिन्सी सहयोग, नागरिक तथा सम्बिन्धत निकायबीच समन्वय गर्ने कार्यशैली निक्कै राम्रो रहेको केही उदाहरण प्रस्तुत गरे ।
आन्दोलन, अभियान, वकालत, बिभिन्न संघसंगठनको सुदृढिकरण गर्दै गरेको परिवर्तनको यसको सवल पाटो रहेको बताए । सबै क्षेत्रमा काम गर्नुभन्दा कुनै एक वा दुई क्षेत्रमा मात्रै काम गरेर नमुना रुपमा काम गरेर सरकार र अन्य सरोकारवाला संघसंगठनलाई सहयोग गर्न सुझाव दिए ।
आन्तरिक परीक्षक योजना सिंह क्षेत्रीले संस्थाको २०२२ मा आयव्यय विवरण प्रस्तुत गरिन् । क्षेत्रीले ३३ करोड २२ लाख ४७ हजार आय र ३६ लाख ३५ करोड ३५ लाख ३० हजार व्यय भएको जानकारी दिइन् । यस्तै उनले व्ययको अनुपात पनि प्रस्तुत गरिन् । जसमा ८३ प्रतिशत प्रत्यक्ष कार्यक्रम परियोजनामा, ३ प्रतिशत कोष अभिवृद्धिमा १ प्रतिशत सुशासनमा र १३ प्रतिशत प्रशानिक खर्च भएको थियो ।
पटेर्वा सुगौली गाउँपालिका ४ की पुतलीदेबी चौधरीले एक्सनएड इन्टरनेशनलको सहयेगमा महिला समूहमा आवद्ध भएर आफ्नो परम्परागत ढकिया बुन्ने र बिक्रि गरेर आत्मनिर्भर भएको कुरा बताउँदै त्यो आम्दानी बालकालिकाको शिक्षामा खर्च गरेको बताइन् । तेह्रथुमको लालीगुँरास गाउँपालिकाकी डम्बर कुमारी कार्कीले एक्सनएड इन्टरनेशनल र स्थानीय दलित सचेतना केन्द्रको सहयोगमा दलित र अन्य समुदायका महिलाहरु आर्थिक रुपमा सक्षम भएको, समान कामको समान ज्यालाका लागू भएपछि सहज अनुभव सुनाइन् ।
एक्सनएडले गरिबीमा काम गर्दा पनि नेपालमा गरिबी बढेको भन्दै लामो समयदेखि एउटा दृष्टिकोणमा परिवर्तन गरेर काम गर्न अनुरोध गरे । यस्तै एक्सनएडले सामाजिक सवालाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए । युथ एड्भोकसी नेपालले पारदर्शितालाई अभ्यासलाई अन्य नागरिक समाज संस्थाले पनि अनुकरण गर्नुपर्ने बताए ।
पूर्व कर्मचारी यमुना घलेले लैंगिक उत्तरदायी बजेट, जलवायु न्यायको लागि सरकारले नै बजेट छुट्याएको अवस्थामा एक्सनएडको पनि आफ्नो अडान, योजना र कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् कार्यक्रममा अन्य सहभागीहरुले एक्सनएडको पहिचान अभियान भएकाले समाजिक मुद्दाहरुमा अभियान गर्न अनुरोध गरिन् ।
समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले एक्सनएड नेपालले गरिरहेको जलवायु न्याय लगायतका अभियानहरुले दिगो विकास लक्ष्य हाँसिल गर्न सहयोग पुगिरहेको कुरालाई कदर गर्दै सीमित श्रोत साधनका बीच लक्षित वर्गसम्म पुर्याउन चुनौती हुँदाहुँदै पनि गैर सरकारी संस्थाहरुले सरकारले दिगो विकास लक्ष्य, पन्ध्रौं राष्ट्रिय योजनालाई हाँसिल गर्न प्रतिवद्धता र सहयोगलाई सुनिश्चित गर्दै यसमा योगदान गर्न अनुरोध गरे ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य एक्सनएडले बिभिन्न क्षेत्रमा गरिरहेको प्रसंसा गर्दै अब सुरु गर्न लागेको जलवायु परिवर्तन लगायतका कार्यक्रमका लागि शुभकामना दिँदै यसमा केही सहयोग आवस्यक परेमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
एक्सनएडमा बोर्ड चेयर निर्मला केसीले एक्सनएडको यो यात्रा विश्वासको यात्रा रहेको बताउँदै तथ्य र प्राबिधिक कुराहरु हुने बताइन् । यो यात्रा पनि पारदर्शी र जवाफदेही हुनुपर्ने कुरामा उनले जोड दिइन् । एक्सनएड यसमा प्रतिवद्ध रहेको विश्वास दिलाउँदै कार्यक्रमको समापन गरिन् ।
एक्सनएड इन्टरनेशनल नेपाल बिभिन्न ४५ वटा देशमा क्रियाशील एक्सनएड इन्टरनेशनल फेडेरेसनको सदस्य हो । एक्सनएडले आफ्नो फेडेरेसन मार्फत १ करोड ५० लाख मानिसहरुसँग प्रत्यक्ष काम गरिरहेको छ । एक्सनएडको स्थापना १९७२ भएको थियो भने नेपालमा यसको स्थापना सन् १९८२ मा भएको थियो ।
यसले गरिबी तथा बहिष्करणमा रहेका सीमान्तकृत समुदायका मानिसहरुको संगठन, आन्दोलन र अभियानसँग समन्वय तथा सहकार्य गरेर मानवअधिकार, नारीवादी दृष्टिकोणका साथ उनीहरुको न्याय स्थापना र गरिबी निवारणको लागि काम गदै आएको छ । अहिले एक्सनएड नेपाल यसै दृष्टिकोण मार्फत महिला तथा युवाहरुको आन्दोलन र अभियानलाई एक्केवद्धता जनाउँदै सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस