aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै साढे नौं लाख ठगी गर्ने दुई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै साढे नौं लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं । कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै साढे नौं लाख रुपैयाँ ठगी गर्ने दुई लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका शेर बहादुर तामाङ र झापाकी मुना देवी कार्की रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट  र कार्कीलाई बबरमहलबाट  पक्राउ गरेको हो ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका १० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएकी थिइन् ।  उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस