aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

समाजवादको टालो बोकेको माओवादीलाई पुँजीवादले छोपेकोमा बाँस्कोटाले दिए अर्थमन्त्रीलाई बधाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
समाजवादको टालो बोकेको माओवादीलाई पुँजीवादले छोपेकोमा बाँस्कोटाले दिए अर्थमन्त्रीलाई बधाई

काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन नेकपा एमालेका सांसद तथा पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले माओवादीलाई पुँजीवादी लाइनमा हिँडाएकोमा अर्थमन्त्री डा. प्रकाश शरण महतलाई बधाई दिएका छन्  । अब माओवादी समाजवादी समेत नरहेको उनले टिप्पणी गरे ।

उनले बजेट निर्माणमा अनधिकृत मानिस प्रवेश गराएर अर्थमन्त्रीलाई बलिको बोको बनाउने प्रयास भएकोमा सोबाट जोगिन सफल भएकोमा पनि महतलाई बधाई दिएका हुन् ।

उनले बजेट अगाडी कर्मचारिको हेरफेर गर्ने कुरा नै शङ्कास्पद रहेको बताए । उनले बजेटमा बाँदर छेक्न जाली लगाउने कार्यक्रम ल्याएकोमा व्यङ्ग्य गर्दै सोधे, 'अनि दुम्सी भगाउन चाहिँ के लगाउने, धुवाँ ?'

कृषिजन्य उत्पादनमा कर थपेर चुलो महँगो बनाएको उनले आरोप लगाए । त्यसैगरी शेयर बजारबारे कुरा गर्दै उनले भने, '२०७६ सालमा डा.युवराज खतिवडाले एक पटकको लागि मात्रै भन्दै कर टुङ्गो लगाएकोमा अहिले फेरी किन ल्याएको ?'

उनले पुँजीगत खर्च नगर्ने, उल्टै ७६ अर्ब घटाउने कामबाट कसरी रोजगारी सृजना हुन्छ भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस