aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज तरार्ईका कुन–कुन क्षेत्रमा छ तातो हावाको जोखिम ? पहाडमा चट्याङसहित पानी पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
आज तरार्ईका कुन–कुन क्षेत्रमा छ तातो हावाको जोखिम ? पहाडमा चट्याङसहित पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागको एकदुई स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका तराइका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भूभागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ । कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी तथा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस