aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं महानगरद्वारा विद्यालयमै रैथाने खाना बनाउने तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
काठमाडौं महानगरद्वारा विद्यालयमै रैथाने खाना बनाउने तालिम

काठमाडौं । काठमाडौं महानगरले पालिकाभित्रका सामुदायिक विद्यालयका कुकहरूलाई रैथाने खाना बनाउने तालिम संचालन गर्दै आएको छ।  

महानगरले सामुदायिक विद्यालयका कुकहरूलाई आधारभूत भान्साको सुरक्षा र सरसफाईमा ध्यान दिँदै रैथाने खाना बनाउने तालिम दिन थालेको हो । पछिल्लो पटक बिहीबार कन्या मन्दिर मावि क्षेत्रपाटीमा आयोजित तालिममा मास्टर सेफ सन्तोष साहले सहभागी कुकहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा करिब दुई सय जना सहभागी थिए । उनीहरुले खाना बनाउने तालिम सिक्दै कसरी सुरक्षित बनाउने भन्ने बारे पनि जानकारी लिएका थिए ।

पछिल्ला पुस्ताले हामीले परम्परागतरुपमा प्रयोगमा ल्याएका खाना बनाउन विर्सने खतरा बढेपछि रैथाने खाना बनाउने सीप सिकाउन थालिएको महानगरले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस