aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जुवातास खेलिरहेका पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
जुवातास खेलिरहेका पाँच जना पक्राउ

दाङ । दाङको लमही नगरपालिका ४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक र सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस