aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नागरिक लगानी कोषले ल्यायो सर्वसाधारणको लागि यस्तो सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
नागरिक लगानी कोषले ल्यायो सर्वसाधारणको लागि यस्तो सुविधा

काठमाडौं ।  नागरिक लगानी कोषले सर्वसाधारण जनतालाई समेट्ने उद्देश्यले नागरिक बचत योजना ल्याएको छ। निश्चित अवधिपछि पेन्सन
योजनामा रुपान्तरण गर्ने प्रावधानसहित नागरिक बचत वृद्धि कार्यक्रम सार्वजनिक गरिएको हो। स्थापना भएको लामो समयसम्म कर्मचारीमा मात्रै केन्द्रित भएको लगानी कोषले बचत प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना ल्याएको हो।

कोष २०४७ मा स्थापना भए पनि हालसम्म सर्वसाधारण लक्षित कुनै पनि कार्यक्रम ल्याउन सकेको थिएन। लामो समयदेखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत प्रोत्साहन गर्ने उद्देश्यले नयाँ योजना ल्याइएको कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार बचत योजनामा निश्चित अवधिपछि पेन्सन योजनामा रुपान्तरण गर्ने ऐच्छिक सुविधा समावेश गरिएको छ।

यस कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आयआर्जन गर्ने नागरिकलाई समेट्नेछ । गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र उक्त प्रतिष्ठानमा काम गर्ने श्रमिक, स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि यस कार्यक्रमले समेटने भट्टराईले जानकारी दिए। यसमा न्यूनतम मासिक पाँच सयदेखि क्षमताअनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ।  यो समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस