काठमाडौं । व्यास ११ निवासी बुद्धि केसी रोजगारीका लागि २०७३ पुस १ गते युएई गए। वैदेशिक रोजगारी जानुपूर्व उनले काठमाडौंमा १० लाख रुपैयाँको जीवन बिमा गराए। केसीमा क्यान्सर रोग देखिएपछि कम्पनीले नेपाल फर्काइदियो। नेपाल आएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएका उनको २०७५ असार ३२ गते मृत्यु भयो।
मृत्यु भएलगत्तै परिवारले केसीले जीवन बिमा गराएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको दमौली शाखामा बिमा रकम माग गर्दै निवेदन दिए। तर निवेदन दिएको एक वर्ष बित्दा पनि कम्पनीले बिमा रकम दिन अस्वीकार गरेको छ। कम्पनीले बिमाको शर्त उल्लंघन भएको भन्दै मृतककी पत्नी निर्मलालाई रकम दिन नसकिने जवाफ फर्कायो।
शाखा कार्यालयबाट सुनुवाई नभएपछि उनी निवेदन बोकेर काठमाडौं मुख्य कार्यालयमा पुगिन् । तर कम्पनीका अधिकारीले आवश्यक कागजातसमेत देखाउन मानेनन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस