जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् ।
नेकपा (माओवादी केन्द्र) भेरी नगरकमिटीका अध्यक्ष बस्नेतका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर मृत्यु भएको हो । सो पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस