aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राउटे समुदायमा एउटै महिलाबाट १८ जनासम्म सन्तान, जनसंख्या भने घट्दै

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २७ जेठ २०८०
राउटे समुदायमा एउटै महिलाबाट १८ जनासम्म सन्तान, जनसंख्या भने घट्दै

काठमाडौँ । लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । 

राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै  गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण गोत्र सँग जोडिएको छ ।

राउटे समुदायका तीनवटा गोत्र छन्–रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । 

रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक–अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक–युवतीको विवाह हुन मुस्किल भएको छ । 

प्रतिक्रिया दिनुहोस