aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दसैँमा मासुको मूल्य नबढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
दसैँमा मासुको मूल्य नबढ्ने

भरतपुर  । यो वर्ष दशैंमा खसी बोकाको मासको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत राख्ने भएको हो। हरेक वर्ष चाडबाड आएपछि खसी बोकाको मासुको मूल्य वृद्धि हुन्छ भन्ने उपभोक्ताको गुनासोलाई ध्यानमा राखेर नै हामीले यो वर्ष मूल्य वृद्धि नगर्ने निर्णय गरेका हौं' -सङ्घका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले भने ।

विगतमा हरेक वर्ष दशैंका बेला प्रतिकिलो सय रुपियाँका हाराहारीमा खसी बोकाको मासुमा मूल्य वृद्धि हुने गर्दथ्यो । अहिले चितवनमा बोसो नभएको एक हजार र बोसोसहितको नौ सय रुपियाँ प्रतिकिलो खसी बोकाको मासु रहेको छ । यो मूल्य एक वर्षअघि दशैंअघि यहाँ बेला तय भएको मूल्य हो । त्यो बेला सय रुपियाँ प्रतिकिलो मूल्य वृद्धि गरिएको थियो । “सङ्घको निर्णय कसैले अटेर गरेर जथाभावी मूल्य वृद्धि गरे अनुगमन गरेर व्यवसायीलाई कारबाही गरिने छ” -अध्यक्ष तिमिल्सिनाको चेतावनी छ । दशै नजिकिदै गर्दा बजारको मूल्य अकाशिएकै बेला दशैंमा
सबैभन्दा बढी खपत हुने मासुको मूल्य यथावत् राख्ने निर्णयलेउपभोक्ताहरूमा भने केही राहत मिलेको छ ।

उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील प्रकाश सिक्देल खसी बोकाको मासुको मूल्य यथावत् हुने निर्णय स्वागत योग्य भएको बताउँछन् । “निर्णय
कार्यान्वनमा उपभोक्ता स्वयं पनि सचेत हुनुपर्छ -उनले भने । यस वर्षको दशैंका लागि चितवनमा २५ हजार खसी बोका र १२ हजार राँगा बध काट्नाका लागि तयारी अवस्थामा रहेको अनुमान छ ।

मेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र भरतपुरले दिएको तथ्याङ्कअनुसार सप्तमीदेखि नवमीसम्मको चार दिनमा जिल्लामा उल्लेखित मात्रामा खसी बोका र राँगा बध गरिने गरिन्छ । यसरी काटिने मध्ये व्यावसायिक रूपमा काटिने करिब २० प्रतिशत खसी बोका भारतीय हुन् । भारतीय खसी बोका आयतमा रोक लागे पनि फाट्टफुट्ट आइरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस