aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जब जलिरहेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २८ जेठ २०८०
जब जलिरहेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

सर्लाही । सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा दिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस