aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पत्याउनु हुन्छ ? माथिल्लो डोल्पामा बाटो नै जाम हुने गरी मोटरसाइकल गुड्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
पत्याउनु हुन्छ ? माथिल्लो डोल्पामा बाटो नै जाम हुने गरी मोटरसाइकल गुड्छन्

डोल्पा । तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै । 

डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्षमात्र भएको छ । तर यो दुर्गम गाउँमा ३०० भन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दुरीमा छ । यहाँका  छ वटै वडामा मोटरसाइकल चलिरहेका छन् । 

स्थानीय ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै  मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन्. । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयले यार्सागुम्बा टिपेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । त्यति नै बेला यार्सागुम्बा बेचेर स्थानीयले आवश्यक सामान खरिद गर्छन् । मोटर साइकल पनि सोही बेला खरिद गर्नेछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस