aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, वार्षिक बजेटका विषयमै छलफल जारी रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, वार्षिक बजेटका विषयमै छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नेछन् ।

यस अघिको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिएका थिए भने प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरेका थिए ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् । विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । आजको बैठक बिहान ११ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस