aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

कालिकोट । कालिकोटको शुभकालीका गाउँपालिका–६ को बोलेरो गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । शनिबार राति लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा चालक शुभकालीका २ का ३० वर्षीय हर्क बि.क., शुभकालीका ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले ३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस